PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नौ वर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्री प्रिय रन्जनको निधन



पहिलोपोस्ट

नौ वर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्री प्रिय रन्जनको निधन
timesofindia.indiatimes.com

नयाँदिल्ली :  विगत नौ वर्षदेखि कोमामा रहेका भारतका पूर्वसूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ। 

सन् २००८ देखि कोमामा रहेका दस्मुन्सीको ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो। 

“उहाँको स्थानीय समय अनुसार सोमबार मध्यान्ह १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ। 

भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उनी परिचित थिए। 

कांग्रेस नेतृत्वको एकीकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उनलाई पक्षघात भएको थियो। 

भारतका राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेसकी प्रमुख सोनीया गान्धीले उनलाई समवेदना व्यक्त गरेका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell