PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्नुस्



पहिलोपोस्ट

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्नुस्

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका हुन्। 

निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्, गृहमन्त्रीको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले भने – “सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।” 

उनले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराए। 

सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।रासस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell