PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राप्रपाले गोरखा २ मा बाबुराम भट्टराईलाई सहयोग गर्ने 



पहिलोपोस्ट

राप्रपाले गोरखा २ मा बाबुराम भट्टराईलाई सहयोग गर्ने 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने भएको छ। 

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई आज भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ। गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell