PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नाटक ‘महादान’ १०० स्थानमा मञ्चन, २० नाटक टोली सडकमा



पहिलोपोस्ट

नाटक ‘महादान’ १०० स्थानमा मञ्चन, २० नाटक टोली सडकमा

काठमाडौं: निर्वाचन आयोगद्धारा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मङ्सिरमा आयोजना हुने पहिलो चरणको निर्वाचनका लागि सञ्चालन गरिएको नाटक ‘महादान’ मञ्चनका लागि अहिले २० नाटक टोली सडकमा छन्। प्रत्येक टोलीबाट १० देखि १३ जनासम्म कलाकारका दरले दुई यस ५० स्थानीय तहका नाट्य कलाकारहरु २७ कात्तिक देखि नै गाउँ शहरमा सडक नाटक महादान मञ्चनमा व्यस्त रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्यमा तयार गरिएका ३८ नाटक टोली मध्य पहिलो चरणका लागि २० टोली काममा उत्रिएका हुन्। कलाकारहरुले यो एक सातामा एक सय भन्दा बढी स्थानमा नाटक मञ्चन गरिसकेको छन्। उनीहरु फरक फरक स्थानमा फरक फरक कथायुक्त महादान शिर्षकको नाटक मञ्चनमा व्यस्त छन्। यसै क्रममा ४ मङ्सिरमा पूर्वी नेपालको पाँचथर देखि सुदुर पश्चिम नेपालसम्म कलाकारले नाटक गरेका छन्।



प्रदेश १ को हाम्रो थिएटर पाँचथरले आईतारबार पाँचथरको फिदिम नगरपालिका, फिदिम बजारमा नाटक महादान मञ्चन गर्‍यो। यस्तै सोमबार सोही समुहले पाँचथरको हिलिहाङ गाउँपालिका स्थित गोपेटार बजारमा नाटक मञ्चन गरेको छ। फिदिममा करिब ३ सय र गोपेटारमा करिब दुई सय दर्शकको सहभागिता रहेको टोली संयोजक प्रेम ओझाले बताए। प्रदेश १ कै भोजपुर स्थित अरुण गाउँपालिकाको काउँली, पौवा मौठु गाउँपालिकाको तिवारी भँज्याङ र भोजपुर नगरपालिकाको भोजपुर बजारमा सोमबार आरोहण गुरुकुलका कलाकारले निर्वाचन शिक्षा सम्बन्धि नाटक महादान प्रदर्शन गरे। मञ्चनका क्रममा दर्शकले उत्साहजनक उपस्थिति जनाएको टोली निर्देशक भैरव क्षत्रीले जानकारी गराए।



प्रदेश ३ को दोलखामा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरकको टोलीले सोमबार तीन ठाउँमा नाटक मञ्चन गरे। आफुहरुले जिरी नगरपालिकाको लिङ्कन बजार, बैलेश्वर गाउँपालिकाको मैनापोखरी र तामाकोशी पाउँपालिकाको नालुखोलामा नाटक मञ्चन गरेको टोली प्रमुख आकाश थापाले जानकारी दिए। सबै ठाउँमा तीन सय भन्दा बढी दर्शक उपस्थिति भएको उनले भने।

प्रदेश ३ कै रामेछापमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको दोस्रो टोलीले सोमबार दुई ठाउँमा नाटक मञ्चन गर्‍यो। टोली प्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको खाडादेबी गाउँपालिकाको माकादुक गाउँ र सुनपति गाउँपालिकाको सादीडाँडामा महादान मञ्चन गरिएको हो। सो स्थानमा करिब चार सय दर्शक रहेको उनले बताए। प्रदेश ३ को सिन्धुपालचोक स्थित हेलम्बु गाउँपालिकाको ग्यालथुम बजार, पाँचपोखरी थाङपाल गाउँपालिकाको पिपिने बजार र मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सोमबार स्थानीय आवाज आर्ट क्रियसनले नाटक मञ्चन गरेको निर्देशक कृष्ण प्रसाद धितालले जानकारी गराए। प्रदेश ३ को रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती, कालिका गाउँपालिकाको कालिकास्थान, नौकुण्डा नगरपालिकाको जिरेबजार, नुवाकोटको सूर्यगढी गाउँपालिकाको फलाँटे बजारमा सोमबार सप्तक कला प्रतिष्ठानले नाटक महादान मञ्चन गरेको निर्देशक दामोदर खतिवडाले जानकारी गराए। त्यहाँ पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको उनले सुनाए।



यस्तै प्रदेश ४ कै गोरखाको पालुङटार नगरपालिका, खोप्लाङ स्थित सातदोबाटो र खाडीपोखरी गरी दुई ठाउँमा नाटक महादा मञ्चन भएको रँगकला समुहका निर्देशक रामबाबु रेग्मीले बताए। उनका अनुसार नाटकबाट मनोरञ्जन लिदै निर्बाचन शिक्षामा दर्शकले चासो देखाएका थिए। यस्तै प्रदेश ४ कै लमजुङ स्थित मध्यनेपाल नगरपालिकाको भोर्लेटार र सुन्दरा बजार नगरपालिकाको सुन्दरा बजारमा स्थानीय हिमाली रंगमञ्चले सोमबार निर्वाचन सम्बन्धि सडक नाटक महादान मञ्चन गरेको निर्देशक हरि अधिकारीले जानकारी गराए। यस्तै प्रदेश ५ रोल्पाको खवाङ गाउँपालिका, टुटुबजार र रोल्पा नगरपालिकाको लेवाङमा सारदाकुमार नाट्य सँस्थाले सोमबार नाटक ‘महादान’ मञ्चन गर्दै स्थानीयमा निर्वाचन शिक्षा प्रदान गरेको निर्देशक नरेन्द्र कुमारले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell