PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिरियाका युद्ध बारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता



पहिलोपोस्ट

सिरियाका युद्ध बारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता

वासिङटन : अमेरिकी विदेशीमन्त्री रेक्स टिलर्सनले जोर्डनी विदेशीमन्त्री आइमन सफादीसँग सिरियामा जारी द्वन्द्वको विषयलाई लिएर टेलिफोन वार्ता भएको छ।

शनिबार टिलर्सन र सफादीबीच भएको वार्तामा दक्षिण सिरियामा जारी द्वन्द्वको समाधान गर्ने विषयमा छलफल भएको त्यहाँका मन्त्रालयका प्रवक्ता हेआथेर नाउर्टद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

ती दुई उच्च अधिकारीबीच राष्ट्रसंघको सहयोगमा जेनेभामा हुन लागेको सिरियासम्बन्धी सम्मेलनको विषयमा विशेष रुपमा छलफल भएको थियो।

यद्यपि टिलर्सनले अमेरिकाले जोर्डनलाई लगातार सहयोग गर्ने बताएको पनि विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

सिरियाली सेनाद्वारा इस्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको अल्बु कामललाई विद्रोहीको नियन्त्रणबाट आइतबार मुक्त गरेको त्यहाँको सेनाले जनाएको थियो।

सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्ध परिणत भएको कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell