PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामशरण महतलाई लक्षित गरी बम पड्काउने एक जना पक्राउ



पहिलोपोस्ट

रामशरण महतलाई लक्षित गरी बम पड्काउने एक जना पक्राउ

नुवाकोट :  नुवाकोट क्षेत्र नम्बर एकका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा रामशरण महत र प्रदेशसभा उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विष्फोट गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए।

शुक्रबार कांग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराएर फरार भएका धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

धिताल नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोगसमेत प्रहरीले लगाएको छ। 

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको र थप प्रमाण जुटेपछि अन्य मुद्दा आकर्षित हुनसक्ने जनाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell