PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यूकेमा सागर आलेको कार्यक्रम



पहिलोपोस्ट

यूकेमा सागर आलेको कार्यक्रम

काठमाडौं: नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ प्रस्तुति दिने भएका छन् । आउँदो डिसेम्बर १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको कन्सर्ट हुन लागेको हो।

शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन्।

यसअघि मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई वहिष्कार गर्ने खबर सार्वजनिक भएको थियो। जस बारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भैरहेको थियो। खबर झुटो रहेको मगर संघ यूकेका अध्यक्ष नेम थापाले स्पष्ट पारेका छन्। भने,'कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता छैन तर सागर आलेको कार्यक्रम वहिष्कार गर्ने हल्ला पनि साचो होइन। कुनै कलाकारको कार्यक्रम वहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell