PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म 'मिस्टर झोले'को गीतको भिडियो बनाउनेलाई १ लाख



पहिलोपोस्ट

फिल्म 'मिस्टर झोले'को गीतको भिडियो बनाउनेलाई १ लाख

काठमाडौं: फिल्म 'मिस्टर झोले'ले कभर भिडियो प्रतियोगिता घोषणा गरेको छ। पुष २८ गते रिलिज हुने फिल्मले प्रचार प्रसारका लागि फिल्मको 'ओखती' बोलको गीतको लागि कभर भिडियो आह्वान गरेको हो।

प्रतियोगीले डान्स र ड्रामा दुवै विधामा भिडियो बनाउन सक्नेछन्। प्रतियोगिताको लागि विजेता पुष २३ गते (जनवरी ७)मा घोषणा गर्ने फिल्म युनिटले जानकारी दिएको छ। प्रतिस्पर्धाको लागि कभर भिडियो सोमबारबाट पठाउन खुला गरिएको हो। इच्छुकले कभर भिडियो बनाई पुष २१ गते (जनवरी ५)सम्ममा हाइलाइट्स नेपाललाई पठाउन सक्नेछन्।

प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन्। सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्।

रामबाबु गुरुङको कथा तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ। कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्मलाई रवी न्यौपानेले खिचेका हुन्। निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell