PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टी-२० वर्ल्डकप क्वालिफायर : नेपाल र थाइल्याण्डले अंक बाँडे



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर : नेपाल र थाइल्याण्डले अंक बाँडे

काठमाडौं : आइसीसी वुमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायरको पहिलो खेलमा नेपाल र आयोजक थाइल्याण्डले अंक बाँडेका छन्। वर्षाले दोस्रो इनिङ्सको खेल प्रभावित बनेपछि नेपाल र थाइल्याण्डले १-१ अंक बाँडेका हुन्।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो। जवाफमा नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाले प्रभावित भएपछि खेलको स्पष्ट नतिजा नआएको हो।

सोमबारै भएको अन्य खेलमा हङकङ र युएई विजयी भएका छन्। हङकङले मलेसियालाई ३५ रनले पराजित गर्‍यो भने पहिलो पटक प्रतियोगितामा सहभागि जनाएको युएईले चीनलाई १६ रनले हराउँदै विजयी शुरुवात गरेको हो।

क्वालिफायर अन्तर्गत मंगलबार पनि ३ खेल हुँदैछन्। जसमा नेपालले हङकङसँग खेल्नेछ भने आयोजक थाइल्याण्डले युएई तथा चीनले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

क्वालिफायरमा कूल ६ टोलीको सहभागिता रहेको छ। राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली नेदरल्यायाण्ड्समा हुने ग्लोबल क्वालिफायरका लागि छानिनेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell