PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षाकाविषयमा कसैसँग सम्झौता नगर्नुस्



पहिलोपोस्ट

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षाकाविषयमा कसैसँग सम्झौता नगर्नुस्

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 

गृहमन्त्रालयमा प्रदेश नम्बर तीन स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षाका विषयमा कसैसँग सम्झौता नगर्न निर्देशन दिए।

प्रधानमन्त्रीले भने,‘ सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ, यस कार्यमा कसैसित सम्झौता हुँदैन।’

प्रधानमन्त्रीले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिए। 

प्रधानमन्त्रीले भने,‘आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस्।’

गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तीनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell