PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोहलीको ५०औँ अन्तर्राष्ट्रिय शतक



पहिलोपोस्ट

कोहलीको ५०औँ अन्तर्राष्ट्रिय शतक

भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली सबैखाले फर्म्याटमा गरी ५०औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।

कोहलीले एडेन गार्डेनमा श्रीलंका विरुद्भ चलिरहेको टेष्टको दोस्रो इनिङ्समा नटआउट १०४ रन प्रहार गर्दै उक्त उपलब्धी हासिल गरेका हुन्। टेष्ट करियरमा भने कोहलीको यो १८औँ शतक हो।

शतक प्रहार गरेपछि कोहलीले भारतको इनिङ्स डिक्लेयर गरेका थिए। त्यसतसखेलर भारतले ८८.२ ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो।

कोहलीले वान डे फर्म्याटमा ३२ शतक प्रहार गरिकसका छन्। वान डे मा सर्वाधि शतक प्रहार गर्नेमा दोस्रो स्थानमा रहेका कोहली टेष्टमा भने ४९औँ स्थानमा छ।

करियरमा ५० अन्तर्राष्ट्रिय शतकको कोसेढुङ्गा पूरा गर्ने कोहली विश्वका आठौँ तथा भारतका दोस्रो खेलाडी हुन्।

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सबैखाले फर्म्याटमा गरी १०० वटा शतक प्रहार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell