PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यसरी गठन हुँदैछ प्रदेश तथा प्रतिनिधि सभा



पहिलोपोस्ट

यसरी गठन हुँदैछ प्रदेश तथा प्रतिनिधि सभा

काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अहिले सबैको चासो बनेको छ। मंसिर १० गते पहिलो चरणअन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ भने बाँकी जिल्लाको मंसिर २१ गने निर्वाचन मिति तय गरिएको छ।

 

यसरी हुँदैछ प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन

मंसिर १० र २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदन सहितको संघीय संसद गठन हुँदैछ।

भूगोल र जनसंख्याको आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायमसँगै प्रतिनिधि सभा सदस्यहरु निर्वाचित हुनेछन्। यसैगरी सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दलले पाउने मतका आधारमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम १ सय १० जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्।

यस्तै ५९ जना सहितको राष्ट्रिय सभा गठन हुँदैछ। निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका मत भारका आधारमा राष्ट्रिय सभाको गठन गर्दा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता वा अल्पसंख्याका आठ जनासहित कुल ५६ जान निर्वाचित हुनेछन्। कम्तीमा एक जना महिलासहित तीन जनालाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।


प्रदेश सभाको गठन

प्रदेश सभामा प्रतिनिधि सभामा निर्वाचित हुने प्रत्यक्ष र समानुपानिक सदस्यहरुको ठिक दोब्बर सदस्य निर्वाचित हुनेछन्। प्रदेश सभा गठनको लागि सम्बन्धित प्रदेशमा प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ ४० प्रतिशतका दरले प्रदेशसभा सदस्य निर्वाचित हुनेछन्। जसअनुसार देशभरि प्रदेश सभा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० जना प्रदेश सभा सदस्यहरु निर्वाचित हुनेछन्।


कति हुन्छन त प्रदेश सभामा सदस्यहरु?

प्रदेश नम्बर एक

प्रदेश नम्बर एकमा प्रत्यक्षतर्फ ५६ र समानुपातिक ३७ गरी कुल ९३ सदस्यसहितको प्रदेश सभा गठन हुनेछ।

प्रदेश नम्बर दुर्इ

प्रदेश नम्बर दुर्इमा ६४ जना प्रत्यक्षतर्फ र ४३ जना समानिपातिक गरी १०७ सदस्यहरुको प्रदेश सभा गठन हुनेछ।

प्रदेश नम्बर तीन

प्रदेश नम्बर तीनमा ६६ जना प्रत्यक्षतर्फ निर्वाचित हुनेछन् भने ४४ जना समानुपातिकतर्फ निर्वाचित हुने व्यावस्था रहेको छ। प्रदेश नम्बर तीनमा ११० जना सहितको प्रदेश सभा गठन हुनेछ।

प्रदेश नम्बर चार

प्रदेश नम्बर चारमा ६० जनाको प्रदेश सभा गठन हुनेछ। प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन्।

प्रदेश नम्बर पाँच

प्रदेश नम्बर पाँचमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जनाको प्रदेश सभा गठन हुनेछ।

प्रदेश नम्बर छ

छ नम्बर प्रदेशमा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिकतर्फ गरी कुल ४० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन्।

प्रदेश नम्बर सात

प्रदेश नम्बर सातमा ३२ जना प्रत्यक्ष र २१ जना समानुपाति गरी ५३ जना प्रदेश सभा गठनका लागि निर्वाचित हुनेछन्।

संघीय संरचनाअनुसार देशमा सात प्रदेश रहेका छन्। यी सात प्रदेशअन्तर्गत सबैभन्दा ठुलो प्रदेश नम्बर तीनमा ११० जनाको प्रदेश सभा गठन हुनेछ। यसैगरी सबैभन्दा सानो प्रदेश नम्बर छ रहेको छ। यस प्रदेशमा जम्मा ४० जनाको प्रदेश सभा गठन हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell