PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट



पहिलोपोस्ट

बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

कलैया: आज बिहान ५:३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घर अगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको छ।

कांग्रेसका बारा ४ का प्रदेशसभाका उम्मेदवारको गाडीमा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन्।

निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारको बा१४च ६३३० नंको जिपमा विस्फोट गराइएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell