PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

२ सय ५३ जना समानुपातिक उम्मेदवार अयोग्य ठहर, आयोगले सार्वजनिक गर्‍यो अन्तिम नामावली



२ सय ५३ जना समानुपातिक उम्मेदवार अयोग्य ठहर, आयोगले सार्वजनिक गर्‍यो अन्तिम नामावली

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै २ सय ५३ जना उम्मेदवार अयोग्य रहेको जनाएको छ।

ती उम्मेदवारको उम्मेदवारी रद्द भएको र थप ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
 
आयोगले आइतबार समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै अब ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम रहेको जनाएको छ।

पहिले बन्द सूचीमा ६ हजार ९४ जनाको उम्मेदवारी रहेको थियो।
 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५८३८ जना उम्मेदवारहरु मध्ये  समावेशी समूह अनुसार आदिवासी जनजाती समूहमा ७६७ जना पुरुष, ८८१ जना महिला र १ जना अन्य   गरि जम्मा १६४९(२८.२५%) जना, खस आर्य समूहमा ८४५ जना पुरुष र ९४७ जना महिला गरि जम्मा १७९२(३०.७०%) जना,  थारु समूहमा १५५ जना पुरुष र २४९ जना महिला गरि जम्मा ४०४(६.९२%) जना, दलित समूहमा ३३६ जना पुरुष र ४५९ जना महिला गरि जम्मा ७९५(१३.६२%) जना,  मधेशी समूहमा ४३७ जना पुरुष र ५३५ जना महिला गरि जम्मा ९७२(१६.६५%) जना,  मुस्लिम समूहमा ८० जना पुरुष र १४६ जना महिला गरि जम्मा २२६(३.८७%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधि सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ २२७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये १०४८ जना पुरुष उम्मेदवार,  १२२४ जना महिला उम्मेदवार र १ जना अन्‍य लिङ्गको उम्मेदवारी कायम भएको छ, जस अनुसार पुरुष ४६.११ प्रतिशत, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम हुन आउँछ । २२७३ जना उम्मेदवार मध्ये समावेशी समूहको आदिवासी जनजातीमा जम्मा ६५५(२८.८२%), खस आर्य समूहमा जम्मा ७०३(३०.९३%), थारु समूहमा जम्मा १५१(६.६४%), दलित समूहमा जम्मा ३१५ (१३.८६%), मधेशी समूहमा जम्मा ३५५ (१५.६२%) र मुस्लिम समूहमा जम्मा ९४ (४.१४%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ प्रदेश नं.  १ देखि ७ सम्ममा १५७२ जना पुरुष र १९९३ जना महिला गरी जम्मा ३५६५ जनाको उम्मेदवारी कायम भएको छ, जस अनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी देखिन्छ । प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ समावेशी समूह अनुसार प्रदेश सभा तर्फ आदिवासी जनजाती समूहमा ४४९ जना पुरुष र ५४५ जना महिला  गरी जम्मा ९९४(२७.८८%) जना, खस आर्य समूहमा ५०२ जना पुरुष र ५८७ जना महिला सहित जम्मा १०८९(३०.५५%) जना,  थारु समूहमा १०३ जना पुरुष र १५० जना महिला गरि जम्मा २५३(७.१०%) जना, दलित समूहमा १९३ जना पुरुष र २८७ जना महिला गरि जम्मा ४८०(१३.४६%) जना,  मधेशी समूहमा २७७ जना पुरुष र ३४० जना महिला गरि जम्मा ६१७(१७.३१%) जना,  मुस्लिम समूहमा ४८ जना पुरुष र ८४ जना महिला गरि जम्मा १३२(३.७०%) जनाको उम्मेदवारी कायम भएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell