PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुवाका लागि मत माग्न भारतबाट आइपुगिन् देवयानी राणा



बुवाका लागि मत माग्न भारतबाट आइपुगिन् देवयानी राणा

सिन्धुपाल्चोक : पशुपति शमशेर राणा पुत्री देवयानी बुवाको चुनावी प्रचारमा भारतबाट सिन्धुपाल्चोक आइपुगेकी छन्।
 
आइतबार पहिलोपटक उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्थित इन्द्रावती गाउँपालिकाको खुदुमे डाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूले महिलाको हकमा काम गर्ने प्रतिबद्धता जनाउँदै बुवालाई जिताउन अनुरोध गरिन्।

विशेष अतिथिका रुपमा कार्यक्रममा उपस्थित उनले भनिन्, ‘तपाईंहरुले विकासप्रेमी नेतालाई जिताउनुस,महिलाको हितमा म काम गर्छु।’

त्यसैगरी उनले भूकम्पको समयमा बुवाकै सक्रियतामा सिन्धुपाल्चोकमा प्रशस्त राहत आएको दाबी गरिन्। भनिन्, 'भूकम्पको समयमा बुवा र म सँगै थियौ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेट्यौँ। उहाँकी बहिनी राजस्थानको चिफ मिनिस्टर हुनुहुन्थ्यो। उहाँसँग कुरा गरी सत्तरी टनभन्दा बढी राहत पठायौं, नेपालमा भारतीय राजदूतावासलाई भनेर सिन्धुपाल्चोकमा पहिलो पठाउन लगायौं।'

कांग्रेस जिल्ला सभापति विकास लामाको प्रमुख अतिथि रहेको कार्यक्रममा पशुपति शमशेर भने उपस्थित थिएनन्।  यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट शमशेर र वाम गठबन्धनबाट शेरबहादुर तामाङ चुनावी भिडन्तमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell