PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यू-१६ राष्ट्रिय क्रिकेट टोली निर्माणका लागि ओपन सेलेक्सन क्याम्प हुने



पहिलोपोस्ट

यू-१६ राष्ट्रिय क्रिकेट टोली निर्माणका लागि ओपन सेलेक्सन क्याम्प हुने

काठमाडौं : नेपालको यू-१६ राष्ट्रिय क्रिकेट टोली बनाउनका ओपन सेलेक्सन क्याम्प हुने भएको छ।

सन् २००१ सेप्टेम्बर १ यता जन्मेका प्रतिभावान खेलाडीका लागि यो अवसर रहेको नेपाली यू-१९ टोलीका प्रशिक्षक विनोद दासले जनाएका छन्।



 

क्याम्पमा सहभागि हुने खेलाडीले जन्म दर्ता, जन्म मितिसँगैको स्कुल सर्टिफकेट र प्यारेन्टस लेटर बुझाउनुपर्नेछ।

नेपालका ९ वटै क्षेत्रका प्रशिक्षकहरुले उक्त क्याम्प गराउनेछन्। क्याम्पका लागि इलिजिबल खेलाडीलाई क्षसत्रिय प्रशिक्षकसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

'तिम्रो सपनाको लागि यो पहिलो खुड्किलो हो, गुड लक।' दासले फेसबुकमा लेखेका छन्।

नेपालले पछिल्लो पटक सन् २०१४ मा एसीसी यू-१६ प्रिमियर कप क्रिकेट खेल्दै उपाधि जितेको थियो।



सन् २०१४ मा एसीसी यू-१९ प्रिमियर कप च्याम्पियन बनेको नेपाली टोली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell