PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्न विजयी



पहिलोपोस्ट

बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्न विजयी

लिग लिडर वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा अगस्वर्गलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई जित दिलाउन रोवर्ट लेवान्डासकीले २ तथा अर्टुरो भिदालले १ गोल गरे।

जितपछि वायर्नले दोस्रो स्थानको लेइपिजगमाथि ६ अंकको अग्रता बनाएको छ। लेइपजिग वायर्न लेभरकुजनसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

शीर्ष स्थानको वायर्नको १२ खेलबाट २९ अंक छ। लेइपजिग २३ अंकका साथ दोस्रो स्थानमा छ। यस्तै अन्य खेलमा बोरुसिया मोन्चनग्लाडब्याकले हेर्थ बर्लिनलाई ४-२ ले पराजित गरेको छ भने बोरुसिया डर्टमण्ड भिएफबी स्टुटगार्डसँग २-१ ले पराजित भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell