PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम भेटियो, निष्क्रिय पार्दै नेपाली सेना



पहिलोपोस्ट

जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम भेटियो, निष्क्रिय पार्दै नेपाली सेना

धादिङ :  जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा सकेट बम फेला परेको छ। कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो। 

कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई सुरक्षाकर्मीको घेरामा राखिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। निर्वाचन बहिष्कार गर्ने नेपाल कम्युनिष्ट पार्टीले बम राखेको केसीको भनाइ छ। 

कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ। बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell