PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कपिलवस्तुमा डेंगुका चार जना बिरामी फेला



पहिलोपोस्ट

कपिलवस्तुमा डेंगुका चार जना बिरामी  फेला

कपिलवस्तुः कपिलवस्तुमा डेंगु रोगका चार बिरामी फेला परेका छन्। बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको हो।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिश गरिएको थियो। चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केका र एक जनाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । 

बरकुलपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारीका अनुसार डेंगु लागेका बिरामीमा अत्यधिक ज्वरो आउने तथा टाउको, आँखा र हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell