PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

काठमाडौँ :  काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

शनिबार राति बा१प १३०७ नम्बरको पर्यटक गाडीले बा८६प ९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखराका सञ्जय थापाको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। ठक्कर दिने गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell