PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रकाशको निधनपछि माओवादी र एमाले नेताहरु नर्भिकमा, शुभचिन्तकको भीड

प्रकाशको निधनपछि माओवादी र एमाले नेताहरु नर्भिकमा, शुभचिन्तकको भीड


काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको असमायिक निधनपछि परिवार र आफन्तको अस्पतालमा भीड लागेको छ। चुनावी कार्यक्रममा झापा रहेका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएका छन्।

प्रकाशपत्नी बिना मगर र दिदी रेणु दाहाल पनि काठमाडौँ फर्कन लागेको पारिवारिक स्रोतले जानकारी दियो।

नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्र, एमाले लगायतका दलका नेता, कार्यकर्ता र शुभतिन्तकको भीड लागेको छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल नर्भिक पुगेका छन्। यस्तै, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा लगायतका केन्द्रीय स्तरका नेताहरु पनि नर्भिक पुगेका छन्।

कांग्रेस नेता प्रकाशमान सिंह र प्रकाशसरण महत पनि नर्भिक अस्पताल पुगेका छन्। केही समय माअोवादीमा आवद्द रहेकी राप्रपा प्रजातान्त्रिककी नेतृ रेखा थापा पनि अस्पताल पुगेकी छन्।

नर्भिक अस्पताल परिसरमा परिवारजन, आफन्त र शुभचिन्तकको उपस्थिति ठूलो संख्यामा छ।



ट्रेन्डिङ पोस्ट

Ncell