लुइस सुवारेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै यस सिजन अपराजित यात्रा कायमै राखेको छ।
बार्सिलोनाले लेगानेसलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो। बार्साका लागि सुवारेजले २८औँ र ६०औँ मिनेटमा एक गोल गरे। यस्तै पाउलिन्होले ९०औँ मिनेटमा गोल थपे।
जितपछि १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ७ अंकको अग्रता बनाएको छ।
ला लिगाकै अन्य खेलमा गेटाफेले अलाभेजलाई ४-१ ले पराजित गरेको छ।