PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाबुरामले सोधे, 'घरदैलोमा आइरहनेलाई छान्ने कि टुरिस्टका रुपमा यसो घुम्न आउनेलाई छान्ने?'



बाबुरामले सोधे, 'घरदैलोमा आइरहनेलाई छान्ने कि टुरिस्टका रुपमा यसो घुम्न आउनेलाई छान्ने?'

गोरखा : नेपाली कांग्रेससितको संयुक्त चुनावी सभालाई शनिबार सम्बोधन गर्दै गोरखा क्षेत्र नम्बर २ का लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई टुरिस्ट, नक्कली माओवादीको आरोप लगाएका छन्। 

'फलेको रुखमा सबैले झटारो हान्छन् तर रुखले झटारो फर्काउँदैन, हामीलाई झटारोको प्रतिवाद गर्नुछैन' भन्दै भट्टराईले मतदातालाई प्रतिस्पर्धी तुलना गरेर हेर्न आह्वान गरे। 'तपाईँहरु जनताको घरदैलोमा आइरहनेलाई छान्ने कि टुरिस्टका रुपमा कहिलेकाहीँ यसो घुम्न आउनेलाई छान्ने हो?'

बाबुरामले जनयुद्धमा भाग लियो त्‍यसैले भोट हाल्नु हुन्न, जनयुद्धमा भाग नलिनेलाई भोट हाल्नुपर्छ भनी गरिएको प्रचारका सम्बन्धमा उनले भने, 'म ढाँटदिन। हो मैले जनयुद्धमा भाग लिएको हुँ।'

उनले वीपी कोइरालाले पनि ७ सालमा र ३० सालमा हतियार उठाएको सम्झाउँदै भने, 'मैले आफैले हत्या हिंसा गरिनँ भनेर वीपीले भन्नुभएको थियो। त्यसैबाट मैले प्रेरणा लिँदै जनयुद्धको नैतिक जिम्मेवारी लिन्‍छु। सत्य निरुपण  आयोग बनाइसकेका छौँ। त्यसले जे फैसला गर्छ म मान्छु।

माओवादी आन्दोलन आवश्यक परेको कालखण्डमा जनयुद्धबाट भागिहिँड्ने के उहाँ (नारायणकाजी) सही अर्थमा माओवादी हो?, उनले प्रश्न राखे।

अहिले नक्कली माओवादी बनेर उनी आएको आरोप भट्टराईले लगाए। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell