PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पौडेल चढेको गाडीमा बम आक्रमणपछि आफ्नै सरकारसित माग राख्दै कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति



पौडेल चढेको गाडीमा बम आक्रमणपछि आफ्नै सरकारसित माग राख्दै कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबार गोरखामा चुनावी सभालाई सम्बोधन गरी लम्जुङतिर जाँदै गरेको बेला तनहुँको भानु नगरपालिका नेपाल डाँडा नजिक उनको गाडीलाई लक्षित गरी प्रेस कुकर बम आक्रमण भएको छ। 

आक्रमणबाट पौडेल सकुशल रहेका छन् तर उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएका छन्। 

यसअघि शुक्रबार कांग्रेस नेता रामशरण महत चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो। 

पौडेललाई लक्षित गरी आक्रमण भएपछि नेपाली कांग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न आफ्नै नेतृत्वको सरकारसँग माग गरेको छ। 

हेर्नुस् विज्ञप्ति 
 

मंसिर २, २०७४
प्रेस विज्ञप्ति
                नेपाली कांग्रेसका नेता, पूर्व सभामुख एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ तनहुँका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं। १० स्थित नेपाल डाँडा नजिक आपराधिक समूहले प्रेसर कुकर बम प्रहार गरेका छन् । गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३ः१५ बजे नेता रामचन्द्र पौडेल चढ्नु भएको सवारी साधनमाथि बम प्रहार भएको थियो । सवारी साधनमा क्षति पुगेको भएता पनि नेता पौडेल सुरक्षित हुनुहुन्छ । नेता पौडेलको सुरक्षार्थ खटिनु भएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।
नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय
हो । जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell