PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैलालीमा चुनावी भाषणमा व्यस्त आरजु देउवा, भनिन्- मैले नजिते पनि फरक पर्दैन



कैलालीमा चुनावी भाषणमा व्यस्त आरजु देउवा, भनिन्- मैले नजिते पनि फरक पर्दैन

धनगढी : कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार डा. आरजु राणा देउवा यतिखेर चुनाव प्रचारमा व्यस्त छिन्। 
 
‘नेपाली कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले भनिन्, ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुँदैन।’

आरजु पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै छिन्। यसअघि उनी समानुपातिकबाट संविधान सभामा सभासद बनेकी थिइन्। 
  
अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको चयनको रुपमा आएकोले  कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको उनले बताइन्। 

त्यसैगरी कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ को भगवतीटोलमा भएको चुनावी सभामा उनले आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तिमा महिलाको अधिकार लगायत महिला अधिकारको संवैधानिक सुनिश्चितताका लागि कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेको बताइन्।
  
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडी, बसपार्क, वडा नम्बर २ को चर्च लगायतका स्थानमा भएका चुनावी सभामा उनले यो चुनावलाई लोकतन्त्र पक्षधर र विरोधीबीचको जनमत संग्रह भएको बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell