PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्लासमेट डा. उपेन्द्र देवकोटालाई डा. बाबुराम भट्टराईको जवाफ- 'ढोकाबाट छिर्नुहोला, झ्यालबाट हैन'



क्लासमेट डा. उपेन्द्र देवकोटालाई डा. बाबुराम भट्टराईको जवाफ- 'ढोकाबाट छिर्नुहोला, झ्यालबाट हैन'

गोरखा : गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार डा. बाबुराम भट्टराईले केही दिनअघि वाम गठबन्धनले आयोजना गरेको सभामा आफूमाथि कटाक्ष गर्ने क्लासमेट डा. उपेन्द्र देवकोटालाई जवाफ दिएका छन्। 

पालुङटारमा आयोजित नेपाली कांग्रेस र नयाँ शक्तिको संयुक्त सभामा सम्बोधन गर्दै भट्टराईले देवकोटालाई भने, 'तपाईँलाई धेरै धन्यवाद। तपाईँकै कारण म कक्षामा फर्स्ट हुन्थेँ। एसएलसीमा बोर्डफर्स्ट भएँ।'

'तपाईँको भलो होस्, जय होस्' भन्दै उनले थपे, 'म खाली एउटा मात्र सुझाव दिन चाहन्छु। बाटो हिँड्दा ढोकाबाट मात्र जानु होला। हिजो राजाको पालोमा जस्तो झ्यालबाट गएर मन्त्री बन्नुभएको थियो, अहिले पनि चोर बाटोबाट वाम मोर्चामार्फत् नजानु होला, सोझै जानु होला। हार्दिक शुभकामना। 

 केही अघि वाम गठबन्धनको सभामा देवकोटाले नारायणकाजी श्रेष्ठको पक्षमा मत मागेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell