PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाबुराम भट्टराईलाई भोट माग्न पालुङटार पुगे विनोद चौधरी र करिश्मा मानन्धर, हेर्नुस ६ फोटोमा

बाबुराम भट्टराईलाई भोट माग्न पालुङटार पुगे विनोद चौधरी र करिश्मा मानन्धर, हेर्नुस ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले शनिबार गोरखा पालुङटारमा आयोजना गरेको संयुक्त चुनावी सभामा एक मात्र डलर अर्बपति विनोद चौधरीदेखि नायिका करिश्मा मानन्धरसम्म उपस्थित भए।

उनीहरुले संयुक्त सभालाई सम्बोधन गर्दै एकै मञ्च सेयर गरे। चौधरी नेपाल कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार हुन् भने करिश्मा नयाँ शक्तिको समानुपातिक उम्मेदवार।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला लगायतको उपस्थिति थियो।

हेर्नुस् उक्त चुनावी सभाका फोटो

फोटोहरु : विश्वदीप पाण्डेको फेसबुकबाट



ट्रेन्डिङ पोस्ट

Ncell