PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी हुन् निर्वाचनमा प्रयोग हुने ६७ प्रकारका सामग्री, सात संवेदनशील

यी हुन् निर्वाचनमा प्रयोग हुने ६७ प्रकारका सामग्री, सात संवेदनशील

पहिलोपोस्ट /पहिलोपोस्ट


  • पासाङ ठकुल्ला
काठमाडौं :  निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि आवश्यक निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पठाएको जनाएको छ। 
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सामग्री पठाइसकेको आयोगले जानकारी दिएको हो।

विकट हिमाली जिल्लामा भने मतपत्रलगायतका निर्वाचन सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ। एउटा निर्वाचन क्षेत्रमा ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्री प्रयोग हुन्छन्। तीमध्ये १७ प्रकारका निर्वाचन सामग्री स्थानीय तहलाई खरिद गर्ने अधिकार दिइएको छ।

मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड र सुरक्षणलगायत सामग्रीलाई आयोगले संवेदनशील सूचीमा राखेको छ।
 

एक निर्वाचन केन्द्रमा आवश्यक सामग्री

मतपेटिका 
मतपत्र 
स्टाम्प प्याड मसी, 
स्वस्तिक छाप (पित्तल)
 स्वस्तिक छाप (रबर) 
लाहा, 
नउड्ने मसी भएको मार्कर पेन 
सुन्तलो रङको सुरक्षा सील
हरिया/सेतो रङको सुरक्षा सील(तालिम प्रयोजनका लागि)  
मतपेटिका स्टीकर(हल्का हरियो) 
मतपेटिका स्टीकर (हल्का रातो)
मतपेटिका स्टीकर (कालो)
मार्कर पेन 
स्ट्याम्प प्याड
पुसपिन (प्याकेट)
क्लिप पीन, 
स्केल 
स्टापलर मेशिन 
स्टापलर पीन (वट्टा)
कैंची 
ग्लुस्टिक 
सोसर 
औषधि प्याकेट
क्याल्कुलेटर मेशिन
रबर म्याट 
छेकाबार 
टेबल घडी ब्याट्रीसहित 
पन्चिङ मेशिन
 टर्चलाइट ब्याट्रीसहित 
कर्मचारी प.प. कार्ड होल्डर र डोरीसहित
स्वयंसेवक प.प. कार्ड होल्डर र डोरीसहित 
मतगणना कर्मचारी परिचय पत्र, 
मतदान प्रतिनिधि प.प. कार्ड होल्डर र डोरीसहित
भित्र कार्ड 
बाहिर कार्ड, 
पुरुष कार्ड
महिला कार्ड
हातहतियार निषेध 
धुम्रपान निषेध 
मतदाता क्रम संख्या कार्ड 
मतदान केन्द्र कार्ड 
प्लाष्टिक थैलो 
प्लाष्टिक बोरा
पोल बुक 
निर्वाचन सम्बन्धी ऐन नियम संग्रह
निर्वाचन आचारसंहिता 
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचन निर्देशिका 
पर्यवेक्षण निर्देशिका, अनुगमन निर्देशिका 
आर्थिक निर्देशिका 
प्लाष्टिक सुतली १ केजीको रोल 
प्याकिङ्ग टेप 
नेपाली कागजको खाम 
निविदता मतपत्र राख्ने नेपाली खाम 
सेतो कागजबद्ध साइज ३० सिट 
रेकर्ड फाइल फित्तासहित 
धागो 
सियो 
खाप्सियो 
फलाटिन कपडा 
सलाई 
कोरा कपडा थैला 
कोरा कपडा 
जेलपेन (कालो) 
जेलपेन (रातो) 
मैनवत्ती प्याकेट
 


ट्रेन्डिङ पोस्ट

Ncell