PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीलंकाको कोलम्बोमा भएकाे हिंसात्मक झडपमा कैयौं घाइते, १९ पक्राउ



पहिलोपोस्ट

श्रीलंकाको कोलम्बोमा भएकाे हिंसात्मक झडपमा कैयौं घाइते, १९ पक्राउ

कोलोम्बो : श्रीलङ्काको दक्षिणी भागमा पर्ने गल्ले जिल्लामा शुक्रबार रातिदेखि सुरु भएको हिंसात्मक झडपमा कम्तीमा १९ जना पक्राउ परेका छन्। 

हिंसात्मक क्रियाकलापका कारण शुक्रबार रातिदेखि लगाइएको कफ्र्यू शनिबार हटाइएकाे बताइएको छ। गल्ले जिल्लाको ६ वटा इलाकामा कफ्र्यू लगाइएको श्रीलङ्काली प्रहरीले जानकारी दिएको छ । 

कफ्र्यू हटाइएपनि सुरक्षाको दृष्टिकोणबाट सम्बेदनशील मानिएका ती इलाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ। शुक्रबार बेलुकादेखि बौद्धधर्मावलम्बी र मुसलमान समुदायबीच भएको विवाद चर्किदै गएपछि झडपको अवस्था आएको हो। 

झडप भएका ठाँउहरुमा सयौंको सङ्ख्यामा सुरक्षा अधिकारीहरु तैनाथ गरिएको छ। दुई समू्हबीच भएको विवादको केही समयपछि हिंसात्मक झडपमा परिणत भएको बताइएको छ। 

झपडमा परी कैयौ व्यक्तिहरु घाइते भएका र स्थानीय भवनहरु पनि क्षतिग्रस्त भएका जनाइएको छ। राससरसिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell