PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चुनावमा एक दिन सरकारी विदा, विद्यार्थीलाई ३ दिन छुट्टी



पहिलोपोस्ट

चुनावमा एक दिन सरकारी विदा, विद्यार्थीलाई ३ दिन छुट्टी
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले चुनावको समयमा एक एक दिन सार्वजनिक विदा दिने भएको छ। सरकारी कर्मचारीलाई पहिलो चरणको लागि १० र दोस्रो चरणको लागि २१ गते विदा दिने आयोगले जनाएको छ। तर, विद्यालयमा भने ३/३ दिन विदा दिइने छ।

निर्वाचनको लागि सरकारी विद्यालयमा मतदान केन्द्र राखिने भएकाले विदा लामो हुन गएको हो। विद्यालयको पठन पाठनमा सकेसम्म कम हानी पुग्ने गरी विदा मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको निर्वाचन आयोगका प्रवत्ता नवाराज ढकाल बताए।
 
ढकालले भने, ‘सरकारी विद्यालयहरुमा मतदान केन्द्र राख्नु पर्ने हुन्छ। मतदान केन्द्रको लागि अन्य स्थान छैन। पहिलो चरणको निर्वाचनमा मौसमको प्रतिकुलताको कारणले पनि खुल्ला ठाउँमा मतदन केन्द्र राख्न सकिँदैन।’

पहिलो चरणको निर्वाचनमा ८, ९, १० सम्म विद्यालय विदा हुने छ। यस्तै दोस्रो चरणमा १८, १९, २१ गते विद्यालयको लागि सर्वाजनिक विदा दिइने भएको छ। यस अघिका निर्वाचनमा ७ दिनसम्म विदा दिने गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell