PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा



पहिलोपोस्ट

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा

फ्रान्स : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिएका लेबनानी नेता साद हरिरि फ्रान्स आइपुएका छन्।


उनी शनिबार फ्रान्स आइपुगेको र राष्ट्रपति इम्यानुएल मार्कोनलाई राष्ट्रपति कार्यालय एलइजे दरबारमा भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ।


सुरक्षाका कारण देखाउँदै राजीनामा दिएका नेता हरिरिलाई फ्रान्स सरकाले आफ्नो देशमा आमन्त्रण गरेको थियो।


फ्रान्सको राष्ट्रपतिको कार्यालयले हरिरि र उनको परिवारलाई केही दिनका लागि फ्रान्स बोलाएको जानकारी दिएको थियो। तर कहिलेसम्म उनीहरु त्यहाँ बस्ने भन्ने यकिन भने दिइएको छैन्।


फ्रान्स आउनु अगाडि साउदी अरेबियाको भ्रमणमा रहेका हरिरिलाई साउदी अरेबियाका विदेशमन्त्री अडेल अल जुबिरले साउदी अरबको राजधानी रियाद छोड्न स्विकृति दिएको बताइन्छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell