PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रसुवागढी नाकाबाट १७ किलो सुन बरामद



पहिलोपोस्ट

रसुवागढी नाकाबाट १७ किलो सुन बरामद
फाइल फोटो

रसुवा :  अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको १७ किलो सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ। 

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान साढे नौ बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो। 

सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नम्बरको बोलोरो जिपसमेत नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए।

यसअघि भदौ १९ गते यही नाका भएर ल्याइएको ८८ किलो सुन प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो।रासस 
याे पनि पढ्नुस्
८८ किलो सुनसहित क्षेत्रपाटीमा एक पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell