PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मङसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह



पहिलोपोस्ट

मङसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं :  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने  दिन  मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ। 

आयोगको आजको निर्णयअनुसार, मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकाश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको हो।

 यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिनसमेत सरकारसँग आग्रह गरेको छ।

निर्वाचनमा अधिकाँश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदानको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुबै चरणको निर्वाचनमा चार चार दिन विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell