PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्डलाई बाबुरामको प्रश्न - कांग्रेससँग मिल्नु प्रतिक्रान्ति हो भने उसित मिलेर अनेक गरेर छोरी जिताउनु चाहिँ के?



प्रचण्डलाई बाबुरामको प्रश्न - कांग्रेससँग मिल्नु प्रतिक्रान्ति हो भने उसित मिलेर अनेक गरेर छोरी जिताउनु चाहिँ के?

गोरखा : पहिलो चरणको मतदान हुन नौ दिन बाँकी छँदा गोरखामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच आरोप प्रत्यारोपको दोहोरी जारी छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससँग मिलेर चुनाव लडेकोमा गरेको कटाक्षको जवाफ दिँदै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आज भने, 'कांग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ति, अवसरवाद भन्नुभएछ। यदि यसो हो भने हिजो कांग्रेससँग मिलेर भरतपुरमा अनेक हतकण्डा अपनाएर छोरी जिताउनु के हो? कांग्रेससँग मिलेर सरकार बनाउनु के हो? लाज पचाएर बिनाविभागीय मन्त्री भएर तलब भत्ता खानु के हो ?

घैरुङमा आयोजित नेपाली कांग्रेस र नयाँ शक्तिको संयुक्त सभामा सम्बोधन गर्दै उनले भने, 'नेपाली काँग्रेससँगको सहकार्य देशको विकास र समृद्धिका लागि हो। यसको रणनीतिक महत्व र उद्देश्य छ।'

उनले एउटै कम्युनिस्ट केन्द्र बन्न असम्भव भएको बताए, 'कम्युनिस्ट केन्द्र निर्माण सम्भव छैन, उहाँहरु नहुने कुरा र आफैंले छोडिसकेको कुरा भनेर जनतालाई भ्रममा पार्दै हुनुहुन्छ। त्यसको पछि लाग्न आवश्यक छैन।'

आफूमाथि लागेको अस्थिरताको आरोपलाई खण्डन गर्दै उनले भने, 'मलाई केही साथीहरूले अस्थीर भन्नुभएछ । हिजो राजतन्त्रका विरुद्ध म अडिग रहँदा राजतन्त्र गयो । अब देशको विकास र समृद्धिका लागि नरक जान परे पनि तयार छु । देशको विकास र समृद्धिका लागि म गतिशील भएको हो अस्थीर हैन।'

त्यसैगरी विन्सटन चर्चिलको भनाइ स्मरण गर्दै उनले भने- बाटोमा भुक्ने सबै कुकुरलाई ढुंगा हान्दै बस्यो भने गन्तव्य/लक्ष्यमा पुगिँदैन । म त्यसरी ढुंगा हान्न लाग्दिन आफ्नो बाटोमा हिँडिरहन्छु, तपाईंहरु पनि भुक्ने कुकुरको पछि नलागी आफ्नो काममा लाग्नुस्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell