PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र : प्रमुख आयुक्त यादव



पहिलोपोस्ट

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र : प्रमुख आयुक्त यादव

काठमाडौँ :  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ। 

मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ। 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने,‘प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ।’

शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए। 

उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तरक्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell