PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु



पहिलोपोस्ट

झापा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज विहान माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ। 

माइक्रोबसको ठक्करबाट दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिम गइरहेको वा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell