PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप



पहिलोपोस्ट

भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप

भोजपुर :  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्। 

नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बिहीबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो। 

टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए। 

यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ। जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell