PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मंसिर ८ गतेदेखि मतदाता परिचयपत्र वितरण



पहिलोपोस्ट

मंसिर ८ गतेदेखि मतदाता परिचयपत्र वितरण

काठमाडौंः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थपिएका नयाँ मतदातालाई मंसिर ८ गतेदेखि परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ। मंसिर ८ र ९ गते सम्वन्धित जिल्लाको मतदान केन्द्रमा परिचयपत्र वितरण हुने आयोग प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका मतदाताको परिचयपत्र वितरण हुन लागेको हो।

आयोगले ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतादाताको परिचयपत्र वितरण गर्न लागेको हो। यस्तै, नामावली सार्न, त्रृटि सुधार गर्न निवेदन दिएका मतदाताको परिचयपत्र पनि मतदाता सम्वन्धित रहेको मतदान केन्द्रबाटै वितरण हुनेछ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रबाट मतदान गर्न पाउनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell