PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ठमेलमा मोटरसाइकल दुर्घटना, अमेरिकी नागरिक गम्भीर घाइते



काठमाडौँ : बिहीबार साढे ५ बजे ठमेलको ज्याठा मार्गस्थित सडकखण्डमा कर कार्यालय अगाडि रोकेर राखेको बा १४ च ४९९६ नम्बरको सवारीले अचानक चालक पट्टीको ढोका खोल्दा बा ५८ प ३८१८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक जिल्ला नुवाकोट घर भई हाल सामाखुशी बस्ने २२ वर्षीय अरुण सापकोटा र मोटरसाइकल पछाडि सवार अमेरिकन नागरिक रोबर्ट ग्रोबर रहेका छन्।

घाइते दुवैको शिक्षण अस्पतालमा महाराजगंजमा उपचार भइरहेकोमा अमेरिकन नागरिकको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell