PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शंकरापुरमा व्यावसायिक प्याराग्लाइडिङ



पहिलोपोस्ट

शंकरापुरमा व्यावसायिक प्याराग्लाइडिङ

काठमाडौं : कुनै समय प्याराग्लाइडिङ गर्नेहरुको लागि पोखरा एक मात्र विकल्प थियो। नेपाली विदेशी सबै पोखरा पुग्थे प्याराग्लाइडिङको मज्जा लिन। तर अब नेपालको विभिन्न स्थानमा प्याराग्लाइडिङ शुरु हुन थालेसँगै आ-आफ्नो पायक पर्ने स्थानमा प्याराग्लाइडिङ गर्न सकिने भएको छ। अहिले धरान, भैरहवा, ललितपुरको फुलचोकीमा प्याराग्लाइडिङ गर्न सकिन्छ। यसमा थपिएको अर्को नाम हो शंकरापुर प्याराग्लाइडिङ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नागरिक उड्डयन प्राविधिकरण र स्थानिय प्रशासनको अनुमति पाएको चार वर्ष पुगिसकेको शंकरापुर प्याग्लाइडिङ प्रालीले काठमाडौंको पूर्वी भेगमा रहेको शंकरापुर नगरपालिकास्थित जैहरसिंह पौवाको टापुमा प्याराग्लाइडिङ सेवा शुरु गरेको ३ वर्ष भइसकेको छ। यसअघि खासै चर्चामा नरहेपनि बिहिबार शंकरापुर प्याराग्लाइडिङ प्रालीले पत्रकार सम्मेलन गर्दै जैहरसिंह पौवाबाट प्याराग्लाइडिङ गर्न सुरक्षित रहेको जानकारी दिएको हो। शंकरापुर प्याराग्लाइडिङले २०७० मै सोलो तथा २०७१ बाट व्यावसयीक टेन्डम उडान शुरु गरेको थियो।

'प्याराग्लाइडिङ सुरक्षित छ। पूर्वाधारहरुको विकास भइरहेको छ। अब व्यावासायीक रुपमा समेत प्याराग्लाइडिङलाई अगाडी बढाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौँ।' शंकरापुर प्रालीका प्रवन्धक निर्देशक कुशल थापाले भने।

साँखुबाट ५ तथा नगरकोटबाट ७ किलोमिटर दुरीमा रहेको रमणियस्थल जहरसिंह पौवाको टापुबाट हिमाली दृश्यहरुका साथै काठमाडौं शहर र मेलम्चीको समेत दृश्यावकलोकन गर्न मिल्ने गरी यो प्यराग्लाइडिङ शुरु गरिएको थापाले जनाए।

'यो काठमाडौँ भ्याली भन्दा बाहिर छ। हामीले मेलम्ची भ्यालीलाई मुख्य फोकस गरेर यसलाई तयार पारेका छौँ। यसले काठमाडौं उपत्यकामा कुनै समस्या क्रिएट नगर्ला।' काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ चलाउने नदिने भन्ने प्रशनमा थापाले यस्तो जवाफ दिएका हुन्।

जैहरसिंह पौवा समुन्द्र सहतबाट १९०५ मिटरको उचाइमा रहेको छ। यहाँबाट टेकअफ गरेपछि करिब ३० मिनेटको उडान सकाएर शंकरापुर नगरपालिकाको पटापमा प्याराग्लाइडिङ ल्याण्ड हुनेछ।

प्याराग्लाइडिङ खेलकुदसँग सम्बन्धित रहेकोले साहसिक खेलकुदको अनुभव लिन चाहनेले यसको मज्जा लिने सकिने निर्देशक थापाले जनाएको छ।

शंकरापुरमा प्याराग्लाइडिङ गर्न नेपालीका लागि ५ हजार ५ सय नेपाली रुपैयाँ शुल्क राखिएको छ। 'नेपालभरी सबैलाई एउटै ट्यारिफमा प्याराग्लाइडिङ गराइन्छ। त्यसैले हामीले पनि त्यही फलो गरेका छौँ। विदेशीको लागि एक सय डलर शुल्क लाग्छ।' थापाले जानकारी दिए।

प्रवन्ध निर्देशक थापाका अनुसाराअहिले दैनिक ५ देखि ७ जनाले प्याराग्लाइडिङ गरिरहेका छन्। त्यसका लागि आवश्यक पूर्वाधारहरु समेत रहेको उनको भनाई छ। 'एउटा फुल सेट ग्लाइडरको ६ देखि ७ लाख पर्छ। हामीसँग अहिले टेन्डम ४ वटा सोलो ६ वटा गरी कूल १० वटा ग्लाइडर छ।'

प्याराग्लाइडिङ सञ्चालन गर्न विभिन्न क्राइटेरियाहरु पूरा गर्नुपर्ने थापा बताउँछन्। 'मन्त्रालय, उड्ययन प्राधकरण, स्थानिय प्रशासन बाट अनुमति लिनुपर्छ। उडान लाइसेन्स लिनुपर्छ जुन हामीले लिइसकेका छौँ।' पुनाबाट सोलो पाइलट कोर्ष गरेका थापाले भने। 'यस्तै पाइलटले पनि लाइसेन्स लिनुपर्छ। पहिले विदेशी पाइलट मात्र थिए। अहिले नेपाली पाइलटले पनि लाइसेन्ट लिए प्याराग्लाइडिङ उडाउन थालेका छन्।'

यस्तै थापाले दैनिक १५ वटासम्म व्यावसायिक फ्लाइट गर्नसक्ने क्षमता रहेको र उडान शुरु गरेको ३ वर्षमा एक हजार बढीलाई सेवा दिइसकेको बताए।

शंकरापुर प्याराग्लाइडिङ प्राली नेपालमा आफै पाइलट उत्पादन गरे उडान शुरु गर्ने सम्भवत एकमात्र प्याराग्लाइडिङ कम्पनी भएको थपाले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell