काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा छिन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गरेकी छन्।
त्यसक्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन्। औपचारिक भ्रमण सकेर राष्ट्रपति कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले मन्त्रालयले जनाएको छ।
फोटोः सुरेन्द्रबहादुर नेपाली,रासस