PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बैंकक म्याराथनमा ५ नेपाली भेट्रान धावक दौडने



पहिलोपोस्ट

बैंकक म्याराथनमा ५ नेपाली भेट्रान धावक दौडने

काठमाडौं : आगामी आइतबार थाइल्याण्डमा हुने बैंकक म्याराथनमा नेपालबाट ५ भेट्रान भावकले सहभागीता जनाउने भएका छन्। त्यसका लागि ५ भेट्रान खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक जाँदैछ।

नोभेम्बर १९ तारिखमा हुने म्याराथनको ५० वर्षमाथि रामकृष्ण महर्जन र महेन्द्रमान महर्जन तथा ४० वर्षमाथि धर्म महर्जन र भीमबहादुर गुरुङले फुल म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्। हाफ म्याराथनको ६० वर्षमाथि पुष्पलाल श्रेष्ठ दौडने छन्।

टिम व्यवस्थापकमा रजत श्रेष्ठ तथा प्रशिक्षकमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell