PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाटन औद्योगिक क्षेत्रमा आगलागी



पहिलोपोस्ट

पाटन औद्योगिक क्षेत्रमा आगलागी

ललितपुरः  पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा आज साँझ आगलागी भएको छ । 

आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् । 

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell