PahiloPost

Nov 21, 2017 | ५ मंसिर २०७४


यु-१९ एसिया कपको सेमिफाइनल पुगेपछि प्रशिक्षक विनोद दासले के भने?


पहिलोपोस्ट /पहिलोपोस्ट

यु-१९ एसिया कपको सेमिफाइनल पुगेपछि प्रशिक्षक विनोद दासले के भने?

काठमाडौं : नेपाली यू-१९ क्रिकेट टोली पहिलो पटक एसीसी यु-१९ युथ एसिया कपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ।

तीन पटकको विजेता भारतलाई बंलादेशले ८ विकेटले पारजित गरेपछि आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजतित गरेको नेपाल समूह ए को उपविजेता बन्दै अन्तिमा चारमा पुगेको हो।

पहिलो पटक नेपाललाई सेमिफाइनल पूर्‍याएपछि प्रशिक्षक विनोद दासले कठा मेहनतको कारण सफल भएको बताए।

'राम्रो प्रदर्शन गरेर सेमिफाइनल पुग्दा धेरै खुशी छौँ। हामीले टुर्नामेन्ट भर एकरुपताको खेल प्रदर्शन गर्‍यौँ। अन्नत: हाम्रो कठा मेहनतको प्रतिफल पाएका छौँ।'

उनले सेमिफाइनल पुग्ने समिकरण ट्रिक्की भएपनि आफ्नो योजना अनुसार खेल्दै जित हात पारेको बताए। 'बलिङमा हाम्रो शुरुवात राम्रो हुन सकेन। तर हाम्रो स्पीनरले राम्रो बलिङ गर्दै खेलमा डोमिनेट गरे। ब्याटिङमा पनि हामीले अट्याक गर्ने प्लान बनाएका थियौँ र अनिलले राम्रो ब्याटिङ गरे।'

समूह ए को उपविजेता बनेको नेपालले समूह बी को विजेता बनेको अफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ। 'अफगानस्तान विरुद्धको सेमिफाइनल कठिन हुनेछ।' दासले भने। 'उनीहरुले राम्रो प्रदर्शन गर्दै ठूलो टिमलाई पनि हराएका छन्। उनीहरुले हामीलाई राम्रोसँग बुझेका छन्। र हामी पनि सजग छौँ र अन्तिम बल रहदा सम्म फाइट गर्नेछौँ। हामी हाम्रो बेस्ट खेल खेल्नेछौँ।'

नेपाल र अफगानिस्तान बीचकव दोस्रो सेमिफाइनल आगामी शुक्रबार किनरारा ओभलमा हुनेछ। पहिलो सेमिफाइनलमा बिहिबार समूह ए कव विजेता बंगलादेश र समूह बी कव उपविजेता शपाकिस्तानबीच खेल हुनेछ।

 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal