PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

यी हुन् गौचनलाई गोली हान्ने सुटर

यी हुन् गौचनलाई गोली हान्ने सुटर


काठमाडौँ : गएको असोज २३ गते राजधानीको व्यस्त ठाउँमा गाडीमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनलाई पहिले ढुंगा र त्यसपछि गोली हान्दै मोटरसाइकल चलाएर भाग्ने मध्ये गोली चलाउने राजु स्याङताङलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

प्रहरीका अनुसार गोली नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ स्थायी घर भएका  २१ वर्षीय राजीव स्याङताङले हानेका थिए। 

यसरी पक्राउ पर्ने अन्य चारमा मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। उनीहरुले हतियार तथा मोटरसाइकल व्यवस्थापन गरेको प्रहरीले बताएको छ।  

मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ। फिरौती नै हत्याको कारण रहेको प्रहरी बताउँछ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीकाे नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।

ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ। 


ट्रेन्डिङ पोस्ट