PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


नेपाल एसिसी यु-१९ एसिया कपको सेमिफाइनलमा, भारत आउट


नेपाल एसिसी यु-१९ एसिया कपको सेमिफाइनलमा, भारत आउट

काठमाडौँ : बंगलादेशले तीन पटक उपाधि जितिसकेको भारतलाई हराएपछि आजै मलेसियाविरुद्ध ८ विकेटको शानदार जित हात पारेको नेपाल एसिसी यु १९ कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। 

बंगलादेशले भारतलाई पनि आठ विकेटले नै पराजित गरेको हो। 

बंगलादेश अंक तालिकामा शीर्ष स्थानमा रहँदा सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपालले दुई खेल जिती ४ अङ्क पाएर समूह एकको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो। 

भारत र मलेसिया समूह चरणबाटै बाहिरिए। नेपालले सेमिफाइनलमा आगामी शुक्रबार अफगानिस्तानसँग खेल्नेछ। अफगानिस्तान समूहको अन्तिम खेलमा युएईलाई पराजित गर्दै समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो।



नेपाल एसिसी यु-१९ एसिया कपको सेमिफाइनलमा, भारत आउट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट