PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

रेविका गुरुङले प्रष्ट पारिन् फिल्म 'लिलिबिली' छोड्नुको कारण


पहिलोपोस्ट /पहिलोपोस्ट

रेविका गुरुङले प्रष्ट पारिन् फिल्म 'लिलिबिली' छोड्नुको कारण
फिल्म 'लिलिबिली'मा अभिनेत्री रेविका गुरुङको ठाउँमा प्रियङ्का कार्की अनुबन्धित भएको खबर सार्वजनिक भयो। फिल्म युनिट फ्लोरमा जाने भनिएको मितिभन्दा ढिलासम्म अभिनेत्री रेविका नेपालमै रहेकी थिइन्। कारण थियो बेलायती दुताबासले भिषा अस्विकृत गर्नु।

फिल्म युनिटले भिषालाई रेविका आउट हुनुको कारण बताए पनि उनी फिल्ममा नदेखिनु र प्रियङ्काको इन्ट्री हुनु बारे विविध गसिप बने। जसबारे रेविकाले स्पष्टिकरण दिएकी छिन्। उनले फेसबुकमार्फत आफूले फिल्म छोड्नुको कारण बताएकी हुन्।



लेख्छिन्,‘लिलिबिली’ छाड्नु मेरो निर्णय हो। फिल्मबाट म बाहिरिनु बारे जति पनि गसिपशरु बने ती सब सही होइनन्। मेरो स्वास्थ्य अस्वस्थामा सुधार नहुनु र मेरो भिषा नलाग्नु नै मुख्य कारण हो। किनकी म एकजनाको कारणले फिल्म छायांकनमा प्रभाव पर्नु ठिक हुँदैन थियो।'

रेविकाको बेलायत भिषा दुई पटक अस्वीकृत भयो। अब फिल्मको मुख्य चार कलाकारमा प्रदिप खड्का, जसिता गुरुङ र प्रियङ्का कार्की र अनुप बिक्रम शाही रहनेछन्। रोमकम जानराको फिल्म लिलिबिलीको साढे दुई करोड अनुमानित बजेट हो। फिल्मको सम्पूर्ण छायांकन बेलायतको लन्डन र स्कटल्यान्डमा हुने बताइएको छ। मिलन चाम्सको निर्देशन रहने फिल्मको रिलिज टार्गेट आउँदो चैत ३० गते गरिएको छ।


रेविका गुरुङले प्रष्ट पारिन् फिल्म 'लिलिबिली' छोड्नुको कारण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट