PahiloPost

Nov 21, 2017 | ५ मंसिर २०७४


बागलुङ क्षेत्र नं १ की एक्ली महिला उम्मेदवार चम्पादेवी खड्काका यस्ता छन् एजेण्डा


पहिलोपोस्ट /पहिलोपोस्ट

बागलुङ क्षेत्र नं १ की एक्ली महिला उम्मेदवार चम्पादेवी खड्काका यस्ता छन् एजेण्डा
बागलुङ :  पति सांसद हरिबहादुर खड्काको निधनपछि राजनीतिमा होमिएकी चम्पादेवी खड्कालाई समयले सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीसम्म पुर्याएको छ। 

सडक दुर्घटनामा पति गुमाएकी राज्यमन्त्री खड्का २०७१ चैतमा भएको संविधानसभा उपनिर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट विजयी बनेकी थिइन्। तीन वर्षको अन्तरालपछि पुनः सोही क्षेत्रबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार बनेकी छन्। 

जिल्लाकै एक्ली महिला उम्मेदवार खड्काले अघिल्लो चुनाव जित्दा ‘पतिका सपना’ पूरा गर्ने बताएकी थिइन्। पति वियोगको कठिन घडीमा पनि साहसका साथ निर्वाचनमा होमिएर विजेता बन्न सफल खड्का फेरि चुनावी मैदानमा उत्रिएकी छन्।

सांसददेखि राज्यमन्त्री हुँदासम्मको अनुभवलाई थप सुदृढ गर्दै मतदाताको मन जित्ने दौडमा उनी छिन्। ‘म आधा आकाश ढाकेका महिलाको तर्फबाट चुनाव लड्दै छु’, उनले भनिन्,‘बाँकी योजना र सपना पूरा गर्नुछ।’

तीन वाम दलको गठबन्धनविरुद्ध उनी नेपाली कांग्रेसका तर्फबाट चुनाव भिड्दै छिन्। यद्यपि, उनलाई राप्रपालगायतका केही साना दलले बिना शर्त सहयोग गर्ने वचन दिएका छन्। 

‘नेपाललले राजनीतिक लडाइँ पूरा गरेको छ, अबको यात्रा समृद्धितर्फको हो ’ खड्काले भनिन,‘म एकल महिला पनि भएकाले एकल महिला र समग्र महिलाको पक्षमा काम गर्नेछु, उनीहरूको हकअधिकारका लागि लड्नेछु।’

तीन वाम दलकातर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका सूर्य पाठक खड्काका प्रतिस्पर्धी उम्मेदवार हुन्। ४२ वर्षीय पाठक २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमाले बाट क्षेत्र नं २ को उम्मेदवार बनेका थिए। निर्वाचनमा नेपाली कांग्रेसका प्रकाश शर्मा पौडेलसँग पराजित पाठकले अहिले आफूले जित्ने दाबी गरेका छन्।
 
विसं२०७०को संविधानसभा दोस्रो निर्वाचनमा बागलुङका तीनवटै निर्वाचन क्षेत्रमा विजयी बनेको नेपाली कांगेसलाई अहिलेको चुनावमा भने चुनौती थपिएको छ।

त्यतिबेलाको निर्वाचनमा एक्लाएक्लै लडेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिले तालमेलसहित चुनावमा होमिएका छन् भने नेपाली कांग्रेसले एक्लै चुनावको सामना गर्दैछ। दुवै पक्षका उम्मेदवार अहिले जनमत बटुल्न मतदाताको घरदैलोमा पुगिरहेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal