PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


प्रधानमन्त्रीले भने–उम्मेदवार आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा अंग चनाखो हुनुपर्‍यो


पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–उम्मेदवार आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा अंग चनाखो हुनुपर्‍यो

नेपालगञ्ज :  प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्ने बताएका छन्। 

नेपालगञ्जमा आज आयोजित प्रदेश क्षेत्र नम्बर ५ र ६ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधि गर्ने कसैलाई पनि छुट नदिइने बताए। 

प्रधानमन्त्रीले भने,‘राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्ता व्यक्ति, समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि पर्ने छैन।’ 

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले  निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने दायित्व सरकारको भएको बताए।

प्रधानमन्त्रीले सबै सरोकार भएकाहरुको सहयोग जुटाई राष्ट्रिय प्राथमिकताभित्र पर्ने निर्वाचन सम्पन्न गराउन नेपाली जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। 

गोष्ठीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयका उच्च सुरक्षा अधिकारीको सहभागिता छ।

गोष्ठीमा सहभागी १६ जिल्लाको जिल्लागत सुरक्षा योजनाका विषयमा प्रस्तुतीकरण भएपछि त्यसमाथि समीक्षात्मक छलफल र विश्लेषण गरिने जनाइएको छ।रासस 
 



प्रधानमन्त्रीले भने–उम्मेदवार आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा अंग चनाखो हुनुपर्‍यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट