PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एसीसी यू-१९ एसिया कप : मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी



एसीसी यू-१९ एसिया कप : मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी
फाइल फोटो

काठमाडौं : एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत समूहको अन्तिम खेलमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले पराजित गरेको छ। 

वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा मलेसिया पूरै ओभर समेत खेल्न सकेन। नेपालको धारिलो बलिङसामु मलेसिया १५.३ ओभरमा ४५ रनमै अलआउट भयो।

मलेसियाली इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए।

मलेसियाका लागि यइद अजिज मुबारकले सर्विधक २० रन बनाए भने कप्तान भिरनदिप सिंहले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अक समेत छुन सकेनन्। 

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि मोहम्मद आसिफ सेखले ४ रन र दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए। 

अनिल कुमार साहले सर्वाधिक २६ रन बनाए जसमा उनको तीन वटा छक्काको पनि योगदान थियो। नेपालले ५.३ ओभरमा दुई विकेटको क्षतिमा ५१ रन बनायो। 

नेपालले यस खेल जितेपछि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ। तर भारत र बंगलादेश बीचको खेलको नतिजा पनि  कुर्नुपर्नेछ। बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल र बंगलादेश सेमिफाइनल पुग्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell